२०८३, १२ असार शनिबार

प्रधानमन्त्री ओली तेस्रो एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानमा

प्रधानमन्त्री ओली तेस्रो एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानमा


अवाजा । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेका छन् ।

स्थानीय समयअनुसार दिउँसो २:३० बजे दुबई हुँदै अवाजा पुगेका प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका थिए । साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्म सञ्चालन हुने यो सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।

सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालजस्ता भूपरिवेष्टित राष्ट्रहरूले सामना गर्दै आएका आर्थिक, भौगोलिक तथा पूर्वाधारसम्बन्धी चुनौतीहरूबारे धारणा प्रस्तुत गर्नेछन्। विशेष गरी अन्तर्राष्ट्रिय व्यापारमा सहज पहुँच, पारवहन अधिकार, यातायात पूर्वाधार विकास, तथा जलवायु परिवर्तनको असरजस्ता विषयहरूमा नेपालको दृष्टिकोण उजागर गर्ने कार्यक्रम छ।

नेपालको प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा विभिन्न राष्ट्रका उच्च पदस्थ प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने, विकास साझेदारीका विषयमा छलफल अघि बढाउने तथा भविष्यका सहकार्यका सम्भावना खोज्ने लक्ष्य लिएको छ। यस्ता सम्मेलनहरू नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति दरिलो बनाउने अवसर हुन्। समुद्रमा पहुँच नभएका मुलुकहरूको साझा चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु र विकासमा सहकार्यको आधार बनाउनु नेपालजस्ता राष्ट्रहरूको प्राथमिकता रहन्छ।

प्रधानमन्त्री ओलीको सहभागिताले नेपालको कूटनीतिक सक्रियता झल्काउने मात्र नभई, आगामी दिनमा हुने विकास प्रयासहरूमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ७ : ५१ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल