२०८३, २१ आश्विन बिहीबार

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली


काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका नेता तुल्सीलाल अमात्यको योगदान नेपाली राजनीतिमा अविस्मरणीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । वाम–लोकतान्त्रिक आन्दोलन र समाजवाद निर्माणका लागि अमात्यले देखाएको मार्गमा आजको पुस्ताले दृढताका साथ अघि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका हुन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “तुल्सीलालले देखाएको त्याग, निष्ठा र आदर्श आजका नेता कार्यकर्ताले पछ्याउनुपर्छ । उहाँले राजनीतिक जीवनलाई सिद्धान्त र विचारका लागि समर्पित गर्नुभएको थियो ।”

वि.सं. १९७५ सालमा ललितपुरमा जन्मिएका तुल्सीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने सशक्त नेतृत्वमध्ये एक थिए । उनले समाजवाद र गणतन्त्र स्थापनाका लागि जीवनभर संघर्ष गरे । प्रधानमन्त्री ओलीले संविधानसभा मार्फत गणतन्त्र स्थापना गर्ने विचार तुल्सीलालजस्ता अग्रज नेताहरुको दूरदृष्टिको परिणाम भएको स्मरण गराउँदै भने, “उहाँहरुले देखेको सपना र सङ्कल्पलाई साकार पार्न हामी एकजुट हुनुपर्छ ।”

कार्यक्रममा काठमाडौं उपत्यकाव्यापी विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै, प्रा. श्यामसुन्दर शेर्पाद्वारा लिखित ‘बुद्धका विचार’ नामक पुस्तक विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरू, तुल्सीलाल स्मृति प्रतिष्ठानका पदाधिकारी, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ४ : ४६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक