२०८२, २ मंसिर मंगलबार

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफल सम्पन्न भएको छ। तर, बैठकमा मन्त्रीपरिषद् हेरफेरको विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ।

बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयमा विशेष रूपमा छलफल गरिएको छ। यिनै विषयलाई ध्यानमा राखी बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रित गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता बडाल सहभागी रहेको बैठक विधेयक र कानुन संशोधनबारे गम्भीर छलफलमा केन्द्रित भएको बताइएको छ। एक सहभागी स्रोतका अनुसार, “आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा नै थिएन। छलफल केवल विधेयक र कानुन सुधारका विषयमा केन्द्रित रह्यो।”

हालै केही मन्त्रिपरिषद् सदस्यको कार्यसम्पादनबारे असन्तुष्टि देखिँदै आए पनि आजको छलफलमा त्यसबारे चर्चा नगरिनुले मन्त्री हेरफेर तत्काल हुने सम्भावना न्यून देखिएको छ। सरकारले आगामी दिनमा संसदमार्फत अघि बढाउने विधेयकहरूबारे सहमति र समन्वय जुटाउन कांग्रेस–एमाले नेतृत्वबीच यस्ता बैठकहरू हुँदै आएका छन्।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  २ : ५९ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी