२०८३, २१ आश्विन बिहीबार

माओवादी सांसद राजन दाहालका विश्वास पात्र टिकाराम जेल चलान

माओवादी सांसद राजन दाहालका विश्वास पात्र टिकाराम जेल चलान


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र का नेता तथा सांसद राजन दाहालका नजिकका विश्वासपात्र टिकाराम स्याङ्तान मोटरसाइकल चोरीको मुद्दामा दोषी ठहरिएपछि जेल चलान भएका छन्।

माओवादी केन्द्रका मरिण पालिका वडा नं. ४ का अध्यक्ष रहेका स्याङ्तानलाई २०७९ सालमा दुई थान पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा जिल्ला अदालत सिन्धुलीले दोषी ठहर गरेको थियो। सोही मुद्दामा उच्च अदालत पाटनबाट समेत फैसला सदर भएपछि उनलाई साउन १४ गते पुनः पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

स्याङ्तानलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ । अदालत प्रशासनका अनुसार उनलाई दैनिक तीन सय रुपैयाँको दरले जरिवाना रकम तिरेर कैद सजायबाट छुट्न सकिने कानुनी व्यवस्था छ । स्याङ्तान मरिण गाउँपालिकामा रहेको खयरसाल माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । माओवादी केन्द्रभित्र सांसद राजन दाहाल र गाउँपालिका अध्यक्ष प्रख्यात मोक्तानका निकटको रूपमा चिनिने स्याङ्तान राजनीतिक रूपले प्रभावशाली व्यक्ति मानिन्छन् । उनीहरूसँग स्याङ्तानको सामाजिक सञ्जालमा देखिएको फोटोले पनि उनीहरूको घनिष्टता पुष्टि गर्छ ।

स्थानीय स्तरमा भने स्याङ्तानको कारागार चलान भएपछि आलोचना सुरु भएको छ। मरिणका युवा पाल्साङ बम्जनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “चोरी मुद्दामा दोषी ठहरिएका व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु राजनीतिक नैतिकताको गम्भीर गिरावट हो।”

स्याङ्तान यसअघि पनि सोही मुद्दामा पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए। तर, अन्ततः अदालतको फैसलापछि कानुनी प्रक्रियाअनुसार उनलाई पुनः पक्राउ गरी जेल चलान गरिएको हो।को हो।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  १२ : ४७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक