२०८३, ३१ भाद्र बिहीबार

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ । मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो ।

आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्नेगरि तय भएको छ ।

साथै ११ बजे नै बस्न लागेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान ११ बजे बस्ने बैठकमा भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई आमन्त्रित पनि गरिएको छ ।

प्रकाशित मिति : २०८२, १३ श्रावण मंगलबार  ९ : ५२ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक