२०८२, ८ माघ बिहीबार

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

तालमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो, सुरक्षाको अभाव चिन्ताजनक


रसुवा । नेपालकै एक प्रमुख तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा दुई जना तीर्थालु बेपत्ता भएका छन् । गहिरो भागमा पसेर स्नान गर्ने क्रममा डुबेको आशंकासहित खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुने तीर्थालुहरू मोरङ, विराटनगरका सुजन ढकाल २८ वर्ष र बेलवारीका मनोज न्यौपाने भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनीहरू जनैपूर्णिमा नजिकिँदै गर्दा स्नानका लागि आएका थिए । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार तीर्थालुहरू गोसाइँकुण्डको गहिरो भागतिर पसेर स्नान गर्ने क्रममा डुबेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । हालसम्म श्रीनाथ गणबाट खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली बेपत्ताको खोजीमा खटिएको छ । उद्धार टोलीले डुङ्गा, डुबी गोताखोर सामग्री र स्थानीय सहयोगको भरमा कुण्डको गहिराइमा खोजी जारी राखेको छ ।

गोसाइँकुण्ड कति गहिरो छ ?

गोसाइँकुण्ड समुद्री सतहदेखि झण्डै ४,३८० मिटर १४३७० फिट उचाइमा अवस्थित छ । तालको गहिराइ लगभग १२–१४ मिटर ४०–४६ फिटसम्म रहेको अनुमान गरिएको छ, यद्यपि कुनै औपचारिक वैज्ञानिक नापजाँच नभएको हुँदा ठ्याक्कै मापन छैन । सिमसिमे पानी, चिसो मौसम र फिसलनयुक्त चट्टानले गर्दा कुण्डको गहिराइ अझै जोखिमपूर्ण बनाएको छ ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष हजारौं भक्तजन जनैपूर्णिमा श्रावण शुक्ल पूर्णिमाको अवसरमा स्नान गर्न पुग्छन् । दुर्भाग्यवश, हरेक वर्षजसो कुण्डमा डुबेर घाइते वा मृत्यु हुने घटनाहरू दोहोरिने गरेका छन् । प्रहरीको तथ्यांक अनुसार पछिल्ला १० वर्षमा कम्तीमा ९ जनाले गोसाइँकुण्डमा ज्यान गुमाएका छन् ।

अधिकतर घटना स्नानका क्रममा गहिरो भागमा पसेर, फिसलनका कारण, वा हाइपोथर्मियाको कारण भएको पाइएको छ। तीर्थालुहरूले सुरक्षा प्रबन्ध पर्याप्त नभएको गुनासो गरेका छन् । गोसाइँकुण्डमा डुबेर मृत्यु हुने घटना बारम्बार दोहोरिइरहे पनि अहिलेसम्म स्थायी रूपमा स्नानस्थलमा सुरक्षाकर्मी, चेतावनी बोर्ड, डोरी, गोताखोर वा आकस्मिक उद्धार प्रणाली स्थापना गरिएको छैन । अस्थायी रूपमा जनैपूर्णिमा आसपास प्रहरीको गस्ती खटाइए पनि ती प्रयाप्त हुँदैनन् ।

स्थानीय वासीहरू, ट्रेकिङ गाइडहरू र तीर्थयात्रीहरूले बारम्बार सुरक्षा पूर्वाधार, सावधानी सम्बन्धी सचेतना र उद्धार संयन्त्र स्थापनाको माग गर्दै आएका छन् । ८ वर्षअघि एउटा घटना भयो जहाँ रोजिना कार्की ९४० वर्ष० काठमाडौं, ल्बष्पबउ निवासी तीर्थालु गोसाइँकुण्डको नीलकण्ठ तालमा स्नान गर्दा डुबेर ज्यान गुमाएकी थिइन् ।

प्रहरीका अनुसार पर्यटन मार्ग अवलोकनका क्रममा सिन्धुपाल्चोक मेलम्चीका २४ वर्षीय बिजय तामाङ गाइडले अक्लिमेटाइजेशनको क्रममा मृत्यु भएको घटनामा थियो । तामाङको मृत्यु डुबेर होइन उचाइ समस्याका कारण भएको हो ।
यसैगरी ८ वर्षअघि काठमाडौ नैकापकी ४० वर्षीया रोजिना कार्की गोसाइँकुण्डको नीलकण्ठ तालमा स्नान गर्दा डुबेर ज्यान गुमाएकी थिइन् ।

यसैबीच स्थानीय प्रशासनले तीर्थालुहरूको सुरक्षाका लागि अपिल समेत गरेका छन् । रसुवा प्रशासन र गोसाइँकुण्ड क्षेत्र विकास समितिले तीर्थालुहरूलाई कुण्डको गहिरो भागमा नगई सावधानीपूर्वक स्नान गर्न, समूहमा जान, चप्पल वा ढुंगा समातेर ओर्लिन, र बालबालिका तथा वृद्धवृद्धाहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ ।

गोसाइँकुण्ड एक पवित्र धार्मिक स्थल मात्र होइन, हिमाली सौन्दर्य र आस्थाको केन्द्र पनि हो। तर, प्रत्येक वर्ष दोहोरिने दुःखद घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। तीर्थालुहरूको ज्यान जोगाउन अविलम्ब संरचित योजना र पूर्वतयारी आवश्यक छ ।

प्रकाशित मिति : २०८२, १२ श्रावण सोमबार  १२ : २९ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित