२०८३, १२ असार शनिबार

कांग्रेस बागमती संसदीय दलको बैठक आज हेटौंडामा, नयाँ दल नेता चयनको तयारी

कांग्रेस बागमती संसदीय दलको बैठक आज हेटौंडामा, नयाँ दल नेता चयनको तयारी


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज दिउँसो १ बजे हेटौंडामा बस्दैछ। संसदीय दलका नेता बहादुर सिं लामा तामाङविरुद्ध २१ जना सांसदले हस्ताक्षर बुझाएपछि पहिलोपटक बस्न लागेको यो बैठकबाट दल नेतृत्वमा परिवर्तन हुने सम्भावना बलियो बनेको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन् । तीमध्ये २१ जना लामाविरुद्ध उभिँदा १६ जना मात्रै उनको पक्षमा देखिएका छन् । यस्तो सन्दर्भमा सहमतिमा नयाँ नेता चयन हुन नसके चुनाव हुने स्पष्ट संकेत देखिएको छ । सहमतिको प्रयासस्वरूप कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सांसद राजन केसीलाई सहजीकरणका लागि खटाएका छन् । केसी आइतबार नै हेटौंडा पुगेर दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । सांसद मीनकृष्ण महर्जनका अनुसार, “२१ जनाले हस्ताक्षर गरेपछि पहिलो पटक बैठक बोलाइएको हो। सकेसम्म सहमतिमै नेता चयनको प्रयास हुनेछ, नभए चुनाव हुनेछ। चुनावबाट चयन हुने नेतानै प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने सम्भावना हुन्छ ।”

बैठकमा सहमति नभए वर्तमान दल नेता बहादुर सिं लामा र पूर्वमन्त्री तथा सांसद ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ पुस १३ गते भएको निर्वाचनमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गरेका थिए। तर, अहिले भने दलभित्रको शक्ति सन्तुलन उल्टिएको संकेत हस्ताक्षर संख्याबाट देखिन्छ। बानियाँ र लामा दुवै निर्माण व्यवसायी पृष्ठभूमिबाट आएका नेताहरू हुन् र कांग्रेस सभापति शेरबहादुर देउवाकै निकट मानिन्छन् ।

गत शुक्रबार कांग्रेसका ४ मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा दिएका थिए । तर मुख्यमन्त्रीले राजीनामा स्वीकृत नगरी केही घन्टामै उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि दलभित्रको असन्तोष थप चर्किएको थियो । आजको बैठकले दल नेतृत्व मात्र होइन, प्रदेश सरकारको भविष्य पनि निर्धारण गर्नेछ । यदि नयाँ नेता चयन भएमा बागमतीमा कांग्रेस नेतृत्वको सरकारमा फेरबदल निश्चितजस्तै देखिन्छ ।

प्रकाशित मिति : २०८२, १२ श्रावण सोमबार  ११ : ३६ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल