२०८२, २ मंसिर मंगलबार

कांग्रेस बागमती संसदीय दलको बैठक आज हेटौंडामा, नयाँ दल नेता चयनको तयारी

कांग्रेस बागमती संसदीय दलको बैठक आज हेटौंडामा, नयाँ दल नेता चयनको तयारी


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज दिउँसो १ बजे हेटौंडामा बस्दैछ। संसदीय दलका नेता बहादुर सिं लामा तामाङविरुद्ध २१ जना सांसदले हस्ताक्षर बुझाएपछि पहिलोपटक बस्न लागेको यो बैठकबाट दल नेतृत्वमा परिवर्तन हुने सम्भावना बलियो बनेको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन् । तीमध्ये २१ जना लामाविरुद्ध उभिँदा १६ जना मात्रै उनको पक्षमा देखिएका छन् । यस्तो सन्दर्भमा सहमतिमा नयाँ नेता चयन हुन नसके चुनाव हुने स्पष्ट संकेत देखिएको छ । सहमतिको प्रयासस्वरूप कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सांसद राजन केसीलाई सहजीकरणका लागि खटाएका छन् । केसी आइतबार नै हेटौंडा पुगेर दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । सांसद मीनकृष्ण महर्जनका अनुसार, “२१ जनाले हस्ताक्षर गरेपछि पहिलो पटक बैठक बोलाइएको हो। सकेसम्म सहमतिमै नेता चयनको प्रयास हुनेछ, नभए चुनाव हुनेछ। चुनावबाट चयन हुने नेतानै प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने सम्भावना हुन्छ ।”

बैठकमा सहमति नभए वर्तमान दल नेता बहादुर सिं लामा र पूर्वमन्त्री तथा सांसद ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ पुस १३ गते भएको निर्वाचनमा लामाले बानियाँलाई ५ मतान्तरले पराजित गरेका थिए। तर, अहिले भने दलभित्रको शक्ति सन्तुलन उल्टिएको संकेत हस्ताक्षर संख्याबाट देखिन्छ। बानियाँ र लामा दुवै निर्माण व्यवसायी पृष्ठभूमिबाट आएका नेताहरू हुन् र कांग्रेस सभापति शेरबहादुर देउवाकै निकट मानिन्छन् ।

गत शुक्रबार कांग्रेसका ४ मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा दिएका थिए । तर मुख्यमन्त्रीले राजीनामा स्वीकृत नगरी केही घन्टामै उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि दलभित्रको असन्तोष थप चर्किएको थियो । आजको बैठकले दल नेतृत्व मात्र होइन, प्रदेश सरकारको भविष्य पनि निर्धारण गर्नेछ । यदि नयाँ नेता चयन भएमा बागमतीमा कांग्रेस नेतृत्वको सरकारमा फेरबदल निश्चितजस्तै देखिन्छ ।

प्रकाशित मिति : २०८२, १२ श्रावण सोमबार  ११ : ३६ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी