२०८३, ३१ भाद्र बिहीबार

वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ : अध्यक्ष शर्मा

वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ : अध्यक्ष शर्मा


काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् ।

उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ ।’

यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्, ‘कानून हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : १२ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर