२०८३, ९ भाद्र बुधबार

सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की

सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’ भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं,’उनले भनिन्,‘तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ — न लौरो, न हतियार । त्यसैले हामी संसदको कारवाहीमा सहभागी भएका छैनौं ।’

सांसद कार्कीले संसदमा प्रमुख दलहरुले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन् । ‘हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,’ उनले थप भनिन् ।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ४ : ३१ बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको