२०८२, ३० कार्तिक आईतबार

राष्ट्रपति पौडेलसंग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलद्धारा भेट

राष्ट्रपति पौडेलसंग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलद्धारा भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । उनीहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकता विहिन जेष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले जेष्ठ नागरिकका समस्यालाई सम्बन्न्धित् निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए ।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ४ : २७ बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट