२०८३, १ श्रावण शनिबार

सुनसरीमा भिनाजुद्वारा सालीको गोली हानी हत्या, अभियुक्त फरार

सुनसरीमा भिनाजुद्वारा सालीको गोली हानी हत्या, अभियुक्त फरार


सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा सोमबार बिहान एक युवतीको आफ्नै भिनाजुले गोली हानी हत्या गरेका छन्। बिहान करिब २ः३० बजे १८ वर्षीया अरसी खातुनको गोली प्रहारबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, पीडित अरसी खातुनलाई भारतको बिहारस्थित पत्रहा पंचायत–१६ घुर्नाका २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका थिए। मृतक अरसी, हरिनगर–६ निवासी गफार मियाँकी छोरी हुन्।

घटनापछि अभियुक्त अजाद मियाँ फरार छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सबै इकाइबाट व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व(दक्षिणमा पर्छ। प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने एकवटा नफुटेको गोलीसमेत फेला परेको छ।

हत्या सम्बन्धी सूचना बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। हत्या किन गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  १ : ४१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित