२०८३, १४ कार्तिक शनिबार

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ


काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले मोटरबाटो अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको हो ।

आज बिहान करिब तीन बजेदेखि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्णरूपमा बगाएको गाउँपालिका अध्यक्ष तामाङले बताउनु भयो ।

बाढीले ड्राइपोर्टमा राखिएका इलेक्ट्रिक गाडीहरू बगाएको र १५ जना हराइरहेका छन् । जसमध्ये तीन जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन् । हालसम्म ९ जनालाई उद्धार गरिएको छ, तर प्रतिकूल मौसमले उद्धार कार्यलाई जटिल बनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ९ : ४४ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा