२०८३, १९ आश्विन मंगलबार

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै भएको फेरि पनि दाबी गर्नुभएको छ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौँमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गर्नुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज भन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो। रामको जन्म यही अयोध्यापुरीमा भएको थियो।’ यसअघि पनि प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गर्नुभएको थियो।

कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो। प्रधानमन्त्री ओलीले राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने बताउनुभयो। ‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ। राम जन्मिएका नेपालमा हो। नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले। उसबेला पनि नेपालै थियो भन्दिनँ। के थियो, के थिएन, थारु गाउँ थियो कि के थियोरु तर अहिले त्यो भूभाग नेपालमा पर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो। जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ। यति प्रचार गर्न सक्दैनौँ हामी यति भन्न सक्दैनौँ यति आँट गर्दैनौँ। अफ्ठ्यारो लाग्छ। को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ। शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्।’

प्रधानमन्त्री ओलीले यी सबै विषय रामायण, वाल्मीकिकृत रामायणमा उल्लेख भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ। मैले लेखेको होइन त्यो। विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ।’

प्रकाशित मिति : २०८२, २३ असार सोमबार  ७ : ०६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि