२०८२, २४ असार मंगलबार

हुम्लामा खुशीयाली ! प्रधानमन्त्री ओलीद्वारा हुम्लाको खार्पुनाथ पुल उद्घाटन

हुम्लामा खुशीयाली ! प्रधानमन्त्री ओलीद्वारा हुम्लाको खार्पुनाथ पुल उद्घाटन

सबै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिए


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभएको छ । योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । अब देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।

गएको वर्षको चैत अन्तिम हप्ता नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको २ सय ८६ किलोमिटर ट्र्याक खोलेपछि सिमकोटसम्म गाडी चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको थिएन । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

केही दिनअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने दशकौं पुरानो सपना पूरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी देश चीनसँग जोडिने उल्लेख गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२, २२ असार आईतबार  १० : ५९ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज