२०८२, २४ असार मंगलबार

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने


मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।

बिवाह दर्ता गर्दा अनिवार्य दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मूहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो । जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडाबासीको सहभागितामा लागू गरिएको हो ।

जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडाबासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ । उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८२, २२ असार आईतबार  १० : ०० बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज