२०८३, १९ आश्विन मंगलबार

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने


मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।

बिवाह दर्ता गर्दा अनिवार्य दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मूहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो । जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडाबासीको सहभागितामा लागू गरिएको हो ।

जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडाबासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ । उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८२, २२ असार आईतबार  १० : ०० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि