२०८३, २९ भाद्र मंगलबार

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन् । 

शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रगतिशील गीत संगीतलाई मानिसको दैनिक जीवनसँग, गीतलाई केवल भावना र मायाप्रेमसँग मात्र होइन परिवर्तनसँग जोडेर काम गर्न आवश्यक छ । परिवर्तनको लागि मानिसलाई तयार गर्न गीत संगीतले कति प्रभाव पार्छ भन्ने अध्ययन नेपाली साहित्य र संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ । एमाले निर्माणमा मात्र होइन माओवादी आन्दोलनको निर्माणमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तारमा धेरै हदसम्म गीत संगीतको भूमिका छ ।’

उनले दक्षिण एसियाको वामपन्थी आन्दोलनको महत्वपूर्ण पक्ष गीत संगीत रहेको बताए ।  साथै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मुलुकमा साहित्यिक क्षेत्र मर्यो भने धेरै कुरा मर्ने भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउने खालका सिर्जना हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : ०२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक