२०८३, १३ कार्तिक शुक्रबार

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव


ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले यदि आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए। पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिए।

उनले अधिवेशनका लागि निम्न कार्यतालिका प्रस्ताव गरेका छन् सदस्यता वितरण ः २०८२ असोज १७ देखि मंसिर १४ सम्म (नयाँ वितरण र पुराना नवीकरण) । अधिवेशनको मितिः २०८२ असोज १९ भित्र मिति तय गरी केन्द्रीय कार्यालयमा बुझाउने।

असोजदेखि ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने । उनले अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठनको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि विधानको मस्यौदा तयार भएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराए। नेपाली कांग्रेसको जनसम्पर्क समिति, जुन १९७६ जुन १३ मा बीपी कोइरालाले भारतको मुम्बईमा स्थापना गरेका थिए । हाल आफ्नो ५०औँ वर्षगाँठ (स्वर्ण महोत्सव)मनाइरहेको छ।

समन्वय विभागले यो महोत्सवलाई विश्वव्यापी रूपमा मनाउन विभिन्न देशका जनसम्पर्क समितिहरूलाई आह्वान गरेको छ। भारतको बैंग्लोर, हैदरावाद, मुम्बई, भोपाललगायतका स्थानमा कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। पौडेलले भारतमा नेपालीहरूको बाक्लो उपस्थिति र सम्पर्कलाई मध्यनजर गर्दै स्वर्ण महोत्सवलाई भारतमा विशेष रूपमा केन्द्रित गर्न प्रस्ताव राखेका छन्।

पौडेलले तीनै तहका सरकारमा बसेका कांग्रेसका नेताहरूको कार्यसम्पादनको मूल्यांकन उच्चस्तरीय राजनीतिक संयन्त्रले गर्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत जनताले सरकारको कामबारे जानकारी लिइरहेको उल्लेख गर्दै मन्त्री, सांसद, मेयर वा अन्य जनप्रतिनिधिलाई गलत कार्यमा नफस्न र सजग भएर काम गर्न आग्रह गरे। ‘सामाजिक सञ्जालले सबै कुरा उजागर गर्छ, त्यसैले पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्छ,’उनले भने । जनसम्पर्क समन्वय विभागका प्रमुखको हैसियतले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आएका पौडेलले इजरायल–प्यालेस्टाइन युद्धका क्रममा नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पूर्व र वर्तमान परराष्ट्रमन्त्रीले गरेको पहलको प्रशंसा गरे।

मध्यपूर्वको अशान्तिमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले गरेको कामको पनि उनले सराहना गरे। अमेरिकाको डालास र क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना भएपछि विदेशमा बस्ने नेपालीलाई सेवा प्राप्तिमा सहज भएको उनको भनाइ छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) मा देखिएको विग्रहलाई समाधान गर्न सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहयोगमा गत मे ३–४ मा काठमाडौंमा एकताको महाधिवेशन सम्पन्न भएको पौडेलले बताए। यो महाधिवेशनले एनआरएनएलाई सही दिशामा ल्याएको भए पनि अझै धेरै काम बाँकी रहेको भन्दै उनले नेतृत्वलाई सचेत गराए।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  १२ : २१ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित