२०८२, २५ मंसिर बिहीबार

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या

मकवानपुरमा खुर्पाले हानेर एक जनाको हत्या


काठमाडौं । मकवानपुरमा एक जनाको हत्या भएको छ। जिल्लाको बागमती गाउँपालिका९९ बेतिनीका ५७ वर्षीय राम बहादुर वाइबाको शनिबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

उनको हत्या आरोपमा बेतिनीमा रहेको स्वास्थ्य चौकीका कार्यालय सहयोगी बारा निजगढ नगरपालिका– ३ सिंगोलका ३५ वर्षीय कुमार थापा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार थापाले वाइबामाथि खुर्पा प्रहार गरेका थिए। थापाले वाइबाको घाँटीमा खुर्पा प्रहार गरेका थिए। थापाले नजिक जो आउँछ त्यसलाई पनि मार्छु भनेर धम्की दिएको भन्दै खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले थापालाई नियन्त्रणमा लिएर खुर्पा प्रहारबाट गम्भीर घाइते भएका वाइबालाई अस्पताल पुर्‍याएको थियो ।

बिहान ७ः४५ बजे बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको थियो। मृतकको शव पोस्टमर्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ११ : ०३ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे