२०८३, ८ असार मंगलबार

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने

वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताए ।

उनले वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने विचार राखेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलकण्ठबाट जानकारी दिए ।सरकारले ‘एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ जारी गर्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनीतिक दलहरु त्यसलाई सच्याउन माग गर्दै काठमाडौंमा सरकार र दलका नेताहरुलाई ध्यानाकर्षण गराउँदै आइरहेका छन् । वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा, (एमाले), नेकपा (माओवद्यी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल असार १२ गतेदेखि काठमाडौंमा अभियान चलाईरहेका छन् ।

टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापालाई भेटेर ध्यानाकर्षण गराइसकेको छ । टोलीले आज सभापति शेरबहादुर उेउवाको निवासमै पुगेर भेट गरेको हो । टोलीमा नेकपा (एमाले) कोशी प्रदेश मौसम राई, नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू र धरान उपमहानगर प्रवक्ता तथा १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज), सहभागी रहेका छन् ।

टोलीमा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा कांग्रेसका युवा एवम् यातायात व्यवसायी नेता सरोज सिटौला लगायत सहभागी रहेका छन् ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  १० : ५२ बजे

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२