२०८२, २४ असार मंगलबार

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे

माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए ।

उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ । त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाँउमा हुन्छ । त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ । त्यो कानूनी व्यवस्था हो । तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन् । पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।’

यस्तै, उनले आजको समय विचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीको बैठकले निर्णय निकाल्न सक्ने बताए ।

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ८ : ३३ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज