२०८३, ३१ भाद्र बिहीबार

पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कमरेड कृष्णलाल श्रेष्ठ सबैको निम्ती आर्दश पात्रको रुपमा भएको बताएका हुन् । उनले भने, ‘कमरेड कृष्णलाल श्रेष्ठ आफैं तपाईं, हामी सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । उहाँले पार्टी आन्दोलन, समाजसेवा र कठिन परिस्थितिमा रहेका कमरेडहरूको पीडामा सधैं साथ दिनुभएको थियो ।’

अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए ।

‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्, उनले भने,‘यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ ।’

प्रकाशित मिति : २०८२, १४ असार शनिबार  ८ : ३० बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर