२०८३, १३ कार्तिक शुक्रबार

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन् ।

 आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न आँट नआउने बताए ।

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ ।  उनले भने, ‘समाजमा राजनीति गर्छु भनेर भन्न पनि बढो विचार गरेर, सोचेर तौलिएर, बोल्नुपर्ने अवस्था छ । यो कुरा मैंले नढाँटी भनेको हुँ । किनभने के गर्छस् भनेर कसैले सोध्यो भने राजनीति गर्छु भनेर भन्नको लागि भित्रैदेखि दम आउदैँन् । किनकी राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको छ । त्यो अरु कसैका कारणबाट नभएर राजनीतिमा नै रहेकाहरुलका कारण हो । हामी सबैको व्यवहार, कार्यशैलीका कारण यो अवस्था आएको छ । यसलाई सफा गर्ने काम पनि हाम्रो नै हो ।’

यस्तै, उनले राजनीतिज्ञहरुको बारेमा समाजमा भएको नकारात्मक दृष्टिकोण, धारणा र भाष्य चिर्नको लागि यस्तो अभियानले एउटा महत्वपूर्ण योगदान गर्ने बताए ।

सोही कार्यक्रममा लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका टीकाराम यात्रीले ‘सदगमय कार्यक्रम’ लाई एउटा सुन्दर सुरुवातको रुपमा लिएको भन्दै सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ५ : १६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित