२०८२, २४ असार मंगलबार

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’


काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘मेरो नियमापत्ति २०, २१ र २३, छलफलमा सहभागी हुनुभएका मान्य सदस्य अमरेश सिंहले अत्यन्तै आपत्तिजनक विषय हो । देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो । राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो । यसलाई कारबाहीको विषय बनाउनुपर्छ । यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो । एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ ।’ यस्तै, उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  १२ : २६ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज