२०८३, १९ आश्विन मंगलबार

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’

अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति–‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’


काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘मेरो नियमापत्ति २०, २१ र २३, छलफलमा सहभागी हुनुभएका मान्य सदस्य अमरेश सिंहले अत्यन्तै आपत्तिजनक विषय हो । देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो । राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो । यसलाई कारबाहीको विषय बनाउनुपर्छ । यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो । एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ ।’ यस्तै, उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए ।

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  १२ : २६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि