२०८२, २ श्रावण शुक्रबार

आज देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको पनि सम्भावना

आज देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको पनि सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।

महाशाखाका अनुसार आज राती देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा धेरै भारी देखि भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  ९ : ५२ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै