२०८३, १३ असार आईतबार

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु


इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ।

यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्। इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।

इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानले शुक्रबार राति दुई ठूला ब्यारेजहरूमा लगभग १०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसले मध्य र उत्तरी इजरायलका भवनहरू र सुविधाहरूमा उल्लेखनीय क्षति पु¥याएको थियो, ४१ जना घाइते भएका थिए। इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ।

इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।

प्रकाशित मिति : २०८२, १ असार आईतबार  १० : ५२ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,