२०८२, २ श्रावण शुक्रबार

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु


इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ।

यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्। इरानको क्षेप्यास्त्र आक्रमणले मध्य र उत्तरी इजरायलमा व्यापक विनाश निम्त्याएको छ ।

इजरायली सेना र राष्ट्रिय आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानले शुक्रबार राति दुई ठूला ब्यारेजहरूमा लगभग १०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसले मध्य र उत्तरी इजरायलका भवनहरू र सुविधाहरूमा उल्लेखनीय क्षति पु¥याएको थियो, ४१ जना घाइते भएका थिए। इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ।

इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।

प्रकाशित मिति : २०८२, १ असार आईतबार  १० : ५२ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै