२०८३, ३१ भाद्र बिहीबार

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने


काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बुधबार मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो।

निर्वाचन कमिटीले अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि उम्मेदवारी दर्ता गराउनको सङ्ख्या धेरै भएकोले राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो

अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका लागि डा। सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । कडरिया र पौडेले दुवै जना अहिलेको कमिटीका सचिव हुन्।

पार्टी नेतृत्वले कडरियालाई अध्यक्ष तथा प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, दीपक धामीलाई महासचिव र महासचिव आरती भट्टलाई उपमहासचिव सर्वसम्मत बनाउने गरी प्रस्ताव गरिएको थियो । तर पौडेल उपाध्यक्ष बन्न असहमत भएपछि अध्यक्षमा चुनाव हुन लागेको हो।

अध्यक्षमा दुई जनाको मनोनयन दर्ता भएको छ भने अन्य सबै पदाधिकारीमा पनि निर्वाचन हुने भएको छ ।
मंगलबार राति अबेरसम्म मनोनयन दर्ता भएकोले बुधबार बिहान मात्र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ। त्यस पछि मतदान प्रक्रिया सुरु हुने छ।

विद्युतीय मेसिनबाट मतदान हुने भयकोले मेसिनमा नाम सेट गर्न समय लाग्ने प्राविधिक टिमले जनाएको छ । नाम सेट गर्नको लागि चार/पाँच घण्टा समय लाग्ने बताइएको छ।

राति अबेरै भए पनि बुधबार नै मतदानको काम सक्ने योजना रहेको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ‘मतदान गर्न राति भए पनि मेसिनमा हुने भएकोले तत्कालै परिणाम आउँछ, त्यसैले बुधबार नै सबै प्रक्रिया सक्ने योजना बनेको छ’, ढुङ्गेलले भन्नुभयो

प्रकाशित मिति : २०८२, २८ जेष्ठ बुधबार  ११ : ४१ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा