२०८३, ३१ भाद्र बिहीबार

वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक प्रचण्ड

वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन् ।

बिहीबार विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको बताए ।

उनले भने, नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषि प्रधान तथा तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको संवेदनशील भू–भागमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक देखिएको छ । सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको छ । प्लास्टिक प्रदूषण आजको प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम हो, जसले वातावरणीय सन्तुलनमा मात्र होइन, जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीहरूमा समेत दीर्घकालीन असर पु¥याइरहेको छ । त्यसैले यस विषयमा सबै गम्भीर बन्न जरुरी रहेको छ ।’

अध्यक्ष प्रचण्डले आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु रहेको धारणा राखे । आज निर्णायक कदम चाल्न नसके भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु हो। हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्नेछ ।’ प्लास्टिक प्रयोग कम गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, साथै वातावरणमैत्री जीवनशैली विकास गर्न तथा वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा प्रचण्डले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०८२, २२ जेष्ठ बिहीबार  २ : २४ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा