२०८३, २२ जेष्ठ शनिबार

सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक छ : पोखरेल

सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक छ : पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को शिक्षा प्रणालीलाई स्तरोन्नती गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेकपा (एमाले)को केन्द्रीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा आर्थिक बर्ष ०८२/०८३ को बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रियामा बोल्दै उनले अर्धप्राविधिक जनशक्तिका रुपमा नेपालको श्रम बजारमा भारतीय युवाहरु मात्र रहेको भन्दै सिटिइभिटीको शिक्षालाई स्तरोन्नती गर्र्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको श्रम बजारमा सबैभन्दा धेरै भारतीय युवाहरु आएर अर्धप्राविधिक जनशक्तिका रुपमा सबै क्षेत्रमा काम गरिरहेका छन् । उनीहरुले प्राप्त गरेको रेमिट्यान्सले हाम्रो ठुलो संख्यामा युवाहरु गएर प्राप्त गरेको रेमिट्यान्सको ठुलो हिस्सा भारत लिएर जान्छन् । यस अर्थमा हाम्रो सिटिइभिटीको शिक्षालाई आवश्यकता पुरा गर्नेगरी स्तरोन्नती गर्न सक्नुपर्दछ । प्रमाण पत्र दिएका छौं, सीप दिन सकेका छैनौै ।’

उनले यस पटकको नीति तथा कार्यक्रमले शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्न खोजेको पनि बताए । यसैगरी उनले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुको लागि नीतिले धेरै फराकिलो आधार बनाएको पनि बताए ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  ८ : ४० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति