२०८३, १३ असार आईतबार

कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइनेः महासचिव पोखरेल

कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइनेः महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताउनु भएको छ ।

ललितपुर, च्यासस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्रलाई उत्सवको रुपमा हुँदैछ भन्ने थालनी आफूहरुले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताउनुभयो ।
“संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ, ” उहँले भन्नुभयो,“त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रुपमा हाम्रो पार्टीले महसुस गरयौ र त्यसै अनुरुप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णण गरौ र तयारीमा जुटेका छौ ।” महासचिव पोखरेलले सास्कृतिक झाकी सहित उत्सवको रुपमा दिवस मनाइने बताउनुभयो ।
“हाम्रो देश भाषिक जातिय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाइ जनउत्सवको रुपमा मनाउने भएकोले त्यो विविधितालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,” उहाँले भन्नुभयो, “हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेगा सांस्कृतिक भेषभुषा, बाजाजागा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट छाप छाडने छ । ” महासचिव पोखरेलले मुलुकको सवै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अवको आफूहरुको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरि बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताउनुभयो ।

“जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापिति गर्ने काम गर्ने गरयौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा आयोजना गर्न थालेका हौ ।” उहाँले एमाले मात्र होइन सवै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रुपमा मनाउन हातेमालो गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८२, १४ जेष्ठ बुधबार  ८ : ३७ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,