२०८३, ३१ भाद्र बिहीबार

पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली


पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलोपिठो बनाइन्छ । त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनैपनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’, अध्यक्ष ओलीले भने,‘एमालेमाथि आन्तरिक र बाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे ।

आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उहाँले बताए । युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०८२, ९ जेष्ठ शुक्रबार  ७ : १६ बजे

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा