२०८२, १५ माघ बिहीबार

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरुबाट आएका वस्तुहरु समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ । मन्त्रालयको पनि सहभागिता छ । हामीले देशभित्र उत्पादित्त वस्तुहरुलाई संसारले देख्नेगरि, नेपालीहरुले पनि अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ । यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन् । आयात निर्यातको अवस्था सबैले देखेकै छौं । धेरै आयात गर्छौ, न्यून रुपमा निर्यात गर्न सकिरहेका छौ । यसलाइ वृद्धि गर्नुपर्छ । त्यसका लागि विशेष रुपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ । त्यसको बजारीकरण गर्नुपर्छ ।’

यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरुका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं । तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ । सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ । उद्योगको क्षेत्रमा केही समस्याहरु आएका छन् । विभिन्न प्राकृतिक प्रकोपहरुका कारण पनि नेपालको बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको छ ।’

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ३ : ५० बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार