२०८२, ६ माघ मंगलबार

लागू औषध सहित दुई युवक पक्राउ

लागू औषध सहित दुई युवक पक्राउ


सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बैशाख २४ गते बिहान करिब ४ः३० बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ONEREX–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ८ : ३१ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा