२०८२, २७ असार शुक्रबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ ।  यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ८ : २७ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत