२०८३, १३ श्रावण बिहीबार

सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला

सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला


रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्  नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए । ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने ।

दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिले काहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए । ‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए । ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने  । सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।

सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने उनको धारणा छ । 

सिटौलाले यतिबाट कांग्रेस पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । ‘हाम्रो एकताले नै अरूलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ, अब शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको छ’, उनले भने ।

२०४६ को परिवर्तन पछि मुलुकमा धेरै कुरामा विकास भएको बताउँदै सिटौलाले केही भएको छैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए । यस बिचमा पूर्वाधार निर्माणमा देशले उल्लेख्य प्रगति गरेको उनले सुनाए ।  

नेपाली कांग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, कार्यवाहक जिल्ला सभापति लेखबहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने, महासमिति सदस्य रत्न कार्की, जिल्ला सचिव दीपक खड्का, प्रवक्ता कुमार श्रेष्ठ, प्रदेश सभापति राजेश श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की लगायतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ८ : ३१ बजे

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन