२०८३, २९ आश्विन शुक्रबार

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय


विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिएका हुन् ।

बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसकम स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश सरकारले हालै सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेको छ । वैशाख १८ र १९ गते सम्पन्न सम्मेलनलाई भव्य बनाउने सम्पूर्ण पक्षप्रति प्रदेश सरकार कृतज्ञ रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  ३ : ०० बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा