२०८३, २५ आश्विन सोमबार

एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल

एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल


रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले एमाले र कांग्रेसको वर्तमान गठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रामेछापले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढुङ्गेलले एमाले र कांग्रेस देशका सबैभन्दा बलिया शक्ति भएकाले कसैले हल्लाएर नहल्लिने बताए । ‘यही गठबन्धनले पुरा समय काम गर्छ, यो २०८४ सम्म जान्छ’, उनले भने ।

अहिले २०६२/०६३ को आन्दोलनले समाप्त गरिसकेको राजतन्त्रको पक्षमा केही शक्ति सलबलाएका बताउँदै ढुङ्गेलले उनीहरूको अभीष्ट पुरा नहुने बताए । ‘नागरिकलाई सरकार र व्यवस्थाको विरुद्ध भड्काउन सकिन्छ कि भनेर केही शक्ति लागेका छन्, यसलाई बुझेर नै सरकार अघि बढेको छ, लोकतन्त्र, न्याय र समाजवादको बाटोमा जाने दुईवटा दलको अभियान सानोतिनो भूकम्पले ढल्दैन, अहिलेको सरकारको बारेमा टीकाटिप्पणी गरेर यो सरकारलाई खसाल्छु भन्ने कुराले कुनै अर्थ राख्दैन’, ढुङ्गेलले भने ।

मुलुकको संगठित तागतको हिसाबले लोकतन्त्र र संविधानको संरक्षणमा एमाले र कांग्रेस प्रतिबद्ध रहेका उनले बताए । कांग्रेस र एमालेको सम्बन्ध बिगार्न सकिन्छ कि भन्ने सपना नदेख्न पनि उनले आग्रह गरे । ‘एमाले र कांग्रसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना कसैले नदेखे हुन्छ’, उनले भने ।

देशमा अहिले केही भएन भन्नेलाई विगतमा फर्केर हेर्न ढुङ्गेलले आग्रह गरे । नेपालको विकासमा नसोचेको प्रगति भएको उनले दाबी गरे । सञ्चार र यातायातले देश सहर उन्मुख भएको, कृषिमा व्यवसायीकरण हुँदै गएको उनले बताए । ‘व्यवस्थामा मात्र होइन, अवस्थामा पनि परिवर्तन भएको छ, यो व्यवस्थाले केही दिएन भन्नेले अघिल्लो पुस्तालाई सोधे हुन्छ, विदेशमा बसेर नेतालाई गाली गरेर देश बन्दैन, अमेरिका, बेलायत र अष्ट्रेलियालाई हेरे नेपालमा केही भएन भन्नेले समाज विकासको सामान्य सिद्धान्त पनि बुझेकै छैन’, उनले भने ।

ढुङ्गेलले पार्टीमा आएर काम गर्छु भन्दा पार्टीले जसलाई पनि स्वागत नै गर्ने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा पनि त्यही सिद्धान्त लागु हुने तर सो विषयमा पार्टीमा कुनै छलफल नभएको उनले प्रष्ट पारे । ‘अर्को पार्टीबाट यो पार्टीमा आउँछु भन्दा त हामी स्वागत नै गर्छौँ, हिजो पार्टीको उपाध्यक्ष भएर काम गर्नुभएको नेता पार्टीमा काम गर्न आउँछु भन्दा हाम्री स्वागत नै गर्छौँ, होइन अहिलेकै अवस्था ठिक छ भन्दा पनि उहाँलाई सम्मान नै छ’, उनले भने ।                                                                                             पत्रकार सम्मेलनमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ४५ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र