२०८२, ३१ जेष्ठ शनिबार

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो


एजेन्सी । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको लागि एक प्रमुख केन्द्रको रूपमा उदाइरहेको छ । जहाँ यहाँ विकसित उपकरणहरू र प्रणालीहरू विश्वभरका देशहरूमा निर्यात भइरहेका छन्।
शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
एक्सोस्केलेटन निर्माता कम्पनीले भारी बोक्नेदेखि माथिल्लो तलामा हिंड्ने सबै काम गर्न मद्दत गर्ने रोबोटको विकास गरेकाले माग बढ्दो रहेको जनाएको छ । शेन्जेन कोन्चिन टेक्नोलोजीका महाप्रबन्धक यु युन्बोले एक्सोस्केलेटन रोबोटले माउन्ट ताईमा पर्वतारोहीहरूमाझ अत्यधिक लोकप्रियता हासिल गरेकाले विश्वभरका १०० भन्दा बढी साझेदारहरू सम्पर्कमा आएको उल्लेख गरे ।
मार्चमा, शेन्जेन शहरले २०२७ सम्ममा लगभग १४ अर्ब अमेरिकी डलरको कारोबार गर्ने लक्ष्य राख्दै मूर्त बौद्धिक रोबोट उद्योग विकास गर्ने तीन वर्षे योजना घोषणा गरिसकेको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार  ५ : १२ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।