२०८३, ३० आश्विन शनिबार

आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, नीजि क्षेत्रको प्रवद्र्धन एवं लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धक एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्ने सुझाव दिएका हुन् ।

उनले भने,‘खासगरी यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, नीजि क्षेत्र प्रवद्र्धन एवम् लगानी अभिवृद्धि, ,सुशासन प्रवद्र्धक एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्छ भन्न चाहन्छु ।’ त्यस्तै उनले धेरै देशले नीति र संस्थालाई स्थिर बनाइ आर्थिक उन्नति हासिल गरेको उदाहरण दिँदै सबैभन्दा ठूलो दल भएका कारण नेपाली काँग्रेसले नीतिगत स्थायित्वका लागि र दरिलो संस्था निर्माणका लागि सर्वदलीय सहमतिका लागि पहल गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०८२, १५ बैशाख सोमबार  ७ : २६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा