२०८३, ७ कार्तिक शनिबार

आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, नीजि क्षेत्रको प्रवद्र्धन एवं लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धक एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्ने सुझाव दिएका हुन् ।

उनले भने,‘खासगरी यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, नीजि क्षेत्र प्रवद्र्धन एवम् लगानी अभिवृद्धि, ,सुशासन प्रवद्र्धक एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्छ भन्न चाहन्छु ।’ त्यस्तै उनले धेरै देशले नीति र संस्थालाई स्थिर बनाइ आर्थिक उन्नति हासिल गरेको उदाहरण दिँदै सबैभन्दा ठूलो दल भएका कारण नेपाली काँग्रेसले नीतिगत स्थायित्वका लागि र दरिलो संस्था निर्माणका लागि सर्वदलीय सहमतिका लागि पहल गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०८२, १५ बैशाख सोमबार  ७ : २६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना