२०८३, ७ आश्विन बिहीबार

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान


सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो बर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन । कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरु यतिबेला सुनसान छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधी ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन । जसको कारण विद्याथर्ीको पठनपाठनमा असर पुग्ने देखिएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरु काठामाडौ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधी ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको जन नमुना माध्यमिक विद्यालय (जनमावि) विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।

सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुप¥यो, होइन भने विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिनेछन् ।’

अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ ।

शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ । आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘हामीले अबको चार÷पाँच दिन विचार गर्छौं, नभए विद्यालय खोल्नुको विकल्प छैन, सरकारले शिक्षकका माग छिट्टो सम्बोधन गर्नुपर्छ, दैनिक पाँच सय जना अभिभावकले चासो राखेर फोन गरिरहनुभएको छ । विद्यार्थी र अभिभावक अन्योलमा हुनुहुन्छ, सरकारले शिक्षकका माग सम्बोधन गर्नुपर्छ’ उनले भने । सुर्खेतको बराहताल गाउँपालिका–८ को भट्टेघारीमा रहेको भैरव आधारभूत विद्यालयमा पनि भर्ना अभियान सुरु भएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर हमालका अनुसार आन्दोलनका कारण शिक्षकहरू विद्यालयमा नआएपछि भर्ना अभियान प्रभावित बनेको छ ।

बराहताल गाउँपालिका–४ स्थित भेरी माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना अभियान सञ्चालन नहुने बताएको छ । कर्णालीमा दुई हजार ९८३ सामुदायिक विद्यालय छन्, जहाँ ११ हजार ८६५ शिक्षकको दरबन्दी छ । पाठ्यपुस्तक, शिक्षक र भौतिक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा आन्दोलनले थप समस्या निम्त्याएको छ ।

पाठ्यपुस्तक गोदाममै थन्किए

सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिए पछि अधिकांश विद्यालयले पाठ्य पुस्तक पनि खरिद गरेका छैनन् । सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइदेखि वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० वटै जिल्लामा ७० प्रतिशतभन्दमा बढी पुस्तक पुगिसकेको जनाएको छ ।  जिल्लास्थित बिक्रेताहरुबाट विद्यालयहरूले पाठ्यपुस्तक खरिद नगर्दा गोदाममै थन्किएका छन् ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  ९ : २० बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा