२०८३, १५ कार्तिक आईतबार

श्रेयजको ‘बहुरूपी’ सार्वजनिक

श्रेयजको ‘बहुरूपी’ सार्वजनिक

सपना र भोगाइको संगम हो ‘बहुरूपी’


काठमाडौँ । कथाकार श्रेयज सुवेदीको कथासङ्ग्रह ‘बहुरूपी’ नयाँ प्रयोगसहित लोकार्पणमा गरिएको छ । शनिबार काठमाडौँका ७ स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो ।

काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले ‘बहुरूपी’ खरिद गरेका थिए ।

सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार(प्रसार भएको देख्दा खुशी लागेको स्टलमा पुगेका पाठकहरूले बताए । पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का। उनी भन्छन् ‘कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म र्पुयाउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रूचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।’

सधैं शान्त बस्न ? चाउने श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, ‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरुवात भएको छ ।’ कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन् । युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा श्रेयजले प्रस्तुत गरेका छन्। बुकहिलले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  १० : ०३ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग