२०८२, २७ आश्विन सोमबार

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रगति समिक्षामा मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकोले बजेट कार्यान्वनको स्प्रीड बढाउन निर्देशन दिएका हुन । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपछि मुख्यमन्त्री कडेलले हिजोको भन्दा जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त रिजल्ट नआउनुको कारणबारे सचिवहरुसँग प्रश्न गरे । उनले भने, ‘पहिला जनशक्ति पर्याप्त थिएन भनरे काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन रिजल्ट निस्कन सकेन ? समिक्षा गर्नै पर्छ ।’

मुख्यमन्त्री कडेलले सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टी मिल्ने गरि प्रगति हासिल गर्न नसकिएको तर्फ मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराए । उनले भने, ‘हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौँ तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौँ ।’ आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरु अलपत्र परेको बताउँदै मुख्यमन्त्री कडेलले सरकारी काम भएपनि ताकेत गर्न छोडन नहुनेमा जोड दिए ।

मुख्यमन्त्री कडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्न समेत निर्देशन दिए । उनले परम्परागत बजेट र कार्यक्रम भन्दा जनताले अनुभूति हुने गरि बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए । अनुशासनको नाम काम अडकाएर राख्ने नभई थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्ने गरि काम गर्न पनि मुख्यमन्त्री कडेलले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  ९ : ०० बजे

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने