२०८३, २९ आश्विन शुक्रबार

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।  

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । खानेपानी मन्त्री प्रदिप यादवको उपस्थितीमा विहान ११ बजे बैठक बस्न लागेको हो । सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारवाही ÷कार्यप्रगति र अगामी आर्थिक वर्षको  बजेट÷कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरवारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  ८ : ५६ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा