२०८३, २१ बैशाख मंगलबार

निर्माणको अन्तिम चरणमा पुगेको पुल लामो सयदेखि अलपत्र, स्थानीयलाई यात्रामा कष्ट

निर्माणको अन्तिम चरणमा पुगेको पुल लामो सयदेखि अलपत्र, स्थानीयलाई यात्रामा कष्ट


रामेछाप । पुल बनेको झण्डै दुई वर्ष भयो । पुलको अधिकांश काम सकिएको छ । अब पेटी र घेरा बाराको केही काम बाँकी छ । तर पुलमा सवारी साधन त के मान्छे हिँड्न समेत मिल्दैन ।

पुल निर्माणमा राज्यको लगानी भएको छ । लगानी अनुसारको काम पनि भएका छ । तर नागरिकले सेवा भने पाएका छैनन् । निर्माणको काम अन्तिम चरणमा पुगेर झण्डै दुई वर्षदेखि अलपत्र रहेको रामेछापको लिखु कोरिडोर सडकलाई मध्यपहाडी लोकमार्गमा जोड्ने सुनकोसी नदी माथिको कोलञ्जोर घाटको पुलको निर्माण कार्य सम्पन्न नहुँदा सो भेगका नागरिकले सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् ।

निर्माण कम्पनीले कामको रकम भुक्तानी नपाएको भन्दै निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको सो पुलको काम अलपत्र अवस्थामा छाडेको छ । पुल निर्माणको केही काम र पुलदेखि सडकसम्म जोड्ने केही मिटर सडक नबन्दा सो पुल उपयोग विहीन अवस्थामा छ । रामेछाप जिल्लाको लिखु क्षेत्रका बस्ती कोलागि महत्त्व राख्ने सो पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती बेहोरेका छन् । सो पुल नबन्दा लिखु किनारका रामपुर, हिमगंगा, बिजुलकोट, गोठगाउँ, साँघुटरदेखि, सैपु, दुरागाउँ, भुजी, प्रीति, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती र गुम्देलसम्मका मानिसहरूले काठमाडौं र तराई जान लामो बाटो घुम्नु परेका स्थानीय समेत रहेका नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल बताउँछन् ।

त्यस्तै ओखलढुङ्गा र सोलु सम्मका नागरिक यो पुल नबन्दा प्रभावित भएका छन् । ‘पुल करिब बनिसकेको छ तर सञ्चालन हुन सकेको छैन, यो पुल नबन्दा रामेछापका विभिन्न गाउँ र ओखलढुङ्गा तथा सोलुखुम्बुसम्म जाने मानिसहरूले सास्ती खेप्नु परेको छ, निर्माण व्यवसायी सरकारले रकम भुक्तानी नगरेको कारण काम अघि बढाउन नसकेको बताउँछन्, केही काम मात्र बाँकी रहेको पुल सञ्चालन नहुँदा स्थानीयले हैरान खेपेका छन्’, उनले भने । निर्माणकार्य अन्तिम चरणमा पुगिसकेपछि काम अलपत्र छाड्दा स्थानीयलाई समस्या परेको गुनासो आएपछि वाग्मती प्रदेश सभा सदस्य एवं प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ पुलको स्थलगत अनुगमको लागि कोलञ्जोर घाट पुगेका थिए । उनले सो पुलको स्थलगत अवलोकन गरी त्यहीँबाट निर्माण व्यवसायी तथा सरोकारवालालाई टेलिफोन गरेर निर्माणको काम छिटो अघि बढाउन आग्रह गरेका छन् ।

सरोकारवाला सकारी निकाय र  निर्माण व्यवसायीले तत्काल काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका श्रेष्ठले बताए । ‘यो बैशाख महिना भित्रमा काम सक्छौँ भनेका छन्, प्रदेश सभा सदस्य र यहाँको जनप्रतिनिधिको हिसाबले मैले पनि छिटो काम गराउनको लागि पहल गर्छु, यो वर्षा अगाडि नै पुल सञ्चालनमा आउँछ’, उनले भने । रामेछापको रामेछाप नगरपालिकाका केही वडा, लिखु तामाकोसी गाउँपालिकाका केही वडा र उमाकुण्ड गाउँपालिकाका सबै वडाका साथै ओखलढुङ्गा र सोलुका लिखु किनारका बस्तीका स्थानीयलाई मध्यपहाडी र बिपी मार्गसँग जोड्ने सबैभन्दा छोटो बाटोको रूपमा रहको लिखु कोरिडोर सडकलाई मध्यपहाडी र बिपीमार्गसँग जोड्ने सो पुल सञ्चालनमा नआउँदा स्थानीयले लामो बाटो घुम्नु परेको छ ।

अहिले सो क्षेत्रका स्थानीय रामेछापको सदरमुकाम मन्थली हुँदै बिपी मार्गमा निस्किएर काठमाडौं र तराईको यात्रा गर्ने गर्दछन् । यो पुल बनेपछि सो भेगको यात्रामा समय र पैसा दुवै बचत हुने छ । श्रेष्ठसँगै नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई लगायत कोलञ्जोर घाट पुगेका थिए । स्थानीयले सो पुल छिटो सञ्चालनको लागि पहल गरिदिन माग गरेका छन् ।

प्रकाशित मिति : २०८२, ४ बैशाख बिहीबार  ८ : ५५ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष