२०८३, २१ जेष्ठ शुक्रबार

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबीच द्धन्द्ध भइरेकाले उनले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरुमा अपिल गरेका हुन् ।

ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामन्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताए ।

वीरगञ्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताए । हाल केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पु¥याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई  दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनुपर्ने एवं आफ्नो प्यारो शहरमा तनाव टुसाएको समयदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।

‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानूनी कारबाइ अगाड़ी बढाउनुपर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा  नेपथ्यबाट गम्भीर प्रयास गरिनुपर्छ भन्ने मेरो मान्यता हो । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।’ सामाजिक सञ्जालमार्फत उनले अपील गरेका छन् ।

प्रकाशित मिति : २०८२, ४ बैशाख बिहीबार  ८ : ३४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई