२०८३, २० आश्विन बुधबार

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण


काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन् ।
एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए ।
उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरुको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, ३ बैशाख बुधबार  ८ : ५१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको