२०८३, १२ कार्तिक बिहीबार

शिक्षक आन्दोलनप्रति आईटिएफ लन्डनको ऐक्यवद्धता, महासचिव राईले हस्तान्तण गरे पत्र

शिक्षक आन्दोलनप्रति आईटिएफ लन्डनको ऐक्यवद्धता, महासचिव राईले हस्तान्तण गरे पत्र


काठमाडौं । जारी शिक्षक आन्दोलनलाई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ) लण्डनले समर्थन तथा एक्यबद्धता जनाएको छ ।

फेडेरेशनका महासचिव स्टेफन कटनका तर्फबाट लिखित सन्देश बुधबार आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तान्तरण गरियो । लिखित सन्देश लिएर लन्डनबाट फर्किएका फेडेरेशनका केन्द्रीय सदस्य एवम ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सन्देश पत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा राईले राज्यसत्त्ता तथा राजनीतिक दलका केही नेताहरु पेशाकर्मीहरु तथा ट्रेड युनियन आन्दोलनप्रति अनुदार रहेको र आफ्नो अधिकार राज्यसत्तासंग खोसेर र भिडेरै लिने  बताए ।

आफुले गत चैत्र २८ र २९ मा लण्डनमा सम्पन्न ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन , लण्डनको विश्व कार्य समिति बैठकमा नेपालमा वर्तमान श्रमिक आन्दोलनमा देखिएको समस्या तथा वर्तमान शिक्षक आन्दोलनप्रति आफनो धारणा राखे पश्चात फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलनलाई दरिलो बनाउन र शिक्षक आन्दोलनप्रति एक्यबद्धता साथै सहयोग तथा सदभाव रहने बताएका थिए ।

सो पश्चात फेडेरेशनबाट महासचिव स्टेफेन कटनले पठाएको ऐक्यबद्धता पत्रमा शिक्षकहरुको आन्दोलनप्रति फे्डेरेशनको चासो रहेको र विद्यालय शिक्षा ऐन यथाशिघ्र जारी गदैै विगतमा भएका सम्झौतहरु चाँडो भन्दा चाँडो कार्यान्वयन गर्ने व्यहोरा उल्लेख भएको लिखित सन्देश पठाएका हुन् ।

फेडेरेशनमा विश्वभर दुई करोड बढी यातायात क्षेत्रको सदस्य रही सबै महादेशहरुबाट ६० जना विश्व कार्य समिति रहेकोमा नेपालकातर्फबाट राइले सो समितिमा सन २०२९ सम्मका लागि प्रतिनिधित्व गरेका छन ।

प्रकाशित मिति : २०८२, ३ बैशाख बुधबार  ८ : २५ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली