२०८३, २७ असार आईतबार

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ  : प्रधानमन्त्री

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ  : प्रधानमन्त्री


जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् ।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे ।

‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पु¥याएको योगदानको प्रशंसा गरे ।

संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको बताए ।

उनले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए । 

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका विरगंजलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए ।  आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उनले अहिले जनकपुरमा रेल यात्रा सहज भएको स्पष्ट पारे ।

 ‘प्रतिपक्ष रचनात्मक रहोस् । सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस् र यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोसे ।’, प्रधानमन्त्री ओलीले भने ।

 प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरुको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१, २५ चैत्र मंगलबार  ३ : ५४ बजे

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा वीर अस्पतालमा निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा