२०८२, ८ माघ बिहीबार

एमालेले समाजलाई हानी हुने काम कहिल्यै गर्दैनः वागमती प्रदेश इन्चार्ज भट्टराई

एमालेले समाजलाई हानी हुने काम कहिल्यै गर्दैनः वागमती प्रदेश इन्चार्ज भट्टराई


सिन्धुली: नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताउनुभयो।  जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदा अघि बढ्ने पार्टी सधैँ नयाँ हुने उहाँको धारणा छ । ‘जनताको  बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भन्नुभयो ।  

नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैँ नयाँ हुने उहाँको भनाइ छ । जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैँ नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ । 

एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उहाँले  एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पार्नुभयो । एमालेले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उहाँले जानकारी दिनुभयो ।   

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मनोजजंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो ।  बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जाेर गाउँपालिकाको खनियाखर्कमा आयोजना गर्ने,  चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम  गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजङ्ग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामी लगायत सहभागी हुनुन्थ्यो । 

प्रकाशित मिति : २०८१, २४ चैत्र सोमबार  ८ : १३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित