२०८३, २० आश्विन बुधबार

मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला

मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला


जनकपुर । मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्रीको प्रतिवद्धताअनुसार अब करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने निश्चित भएकोले कार्यरत कर्मचारीहरूलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।

नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै धन्यवाद व्यक्त समेत गरिएको छ।

प्रकाशित मिति : २०८१, २१ चैत्र शुक्रबार  ६ : ४८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको