२०८३, ३० आश्विन शनिबार

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ


रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ  ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र उनको शरिर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको उल्लेख गरेको छ । पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २० चैत्र बिहीबार  ११ : ०५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा